विप्लवका नुवाकोट जिल्ला सदस्य पौडेललाई पाँच दिन म्याद थप

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–६ मा फक्राउ परेका नेत्र विक्रम चन्द समूहका नुवाकोट जिल्ला सदस्य तथा युवा सङ्गठन नुवाकोटका उपाध्यक्ष रमन भन्ने प्रनिल पौडेललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

नुवाकोट जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताउनुभयो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–४ स्थित दशचर पेटारेमा गत महीनाको साउन १६ गते ऐनसेल कम्पनीको टावर क्षेत्रभित्र रहेको सोलार प्यानल तथा ब्याट्री बक्समा आगजानी गरेको आरोपमा प्रहरीले उहाँलाई विशेष सूचनाका आधारमा शुक्रबार नुवाकोटको लिखु गाउँपालिका–६ स्थित बा ५८ प १३६२ नम्बरको मोटरसाइकलमा गइरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख काफ्ले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?