काठमाडौं, २२ पुस । राष्ट्रिय जनता पार्टी नेपालकाअध्यक्ष मण्डलका सदस्यअनिलझाले मधेशको लागिएमाले अध्यक्ष केपीशर्मा ओलीभन्दा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबन्दा राम्रो हुने बताएका छन् शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै उनले भने, “मैले पहिले पनि भनेको छु, आजपनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमाकाम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।”साक्षात्कारमाउनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेताभएको पनिविश्वास दिलाए । उनले भने, “प्रचण्ड समावेशी, समानुपातिकमाकाम गरेको नेता हो. उहाँ लिवरल हुनुहुन्छ .”खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमाकाम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो त्यस्तै, उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीतोक्नुपर्ने माँग गरे । उनले भने, “हामीले त सर्वदलीय बैठकमा पनि भनि दिऔं कि तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं, प्रदेश प्रमुखको नियुक्ती, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रष्ट रुपमा भनिदिएका थियौं कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएपनि ।” सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्कालप्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको पनिजिकिर गरे । यद्धपी उनले समर्थन दिने अवस्था बन्न सक्नेतर्फ संकेत गरे । उनले भने, “राजपा नेपाल सरकारमाजाने जनादेश छ्रैन् । अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेश आन्दोलनका एजेण्डाहरुलाई परुरा गराउन संघर्ष गर्ने हो, जनताले यीनै दुई वटा काम गर्नको लागि हामीलाई जनादेश दिएकाहुन् ।”प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगञ्ज बनाउने तपाईहरुको के छ विचार भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने, “राजपा र फोरमको बहुमत हुन्छ । पहिले सरकारले तोक्छ । राजपा विना पनि सरकार बन्छ । यो काम सरकारको हो । दुई तिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं । अहिले त नम सरकार नै हो, न म प्रदेश सभाको सदस्यहरु ।”उनले २ नम्बर प्रदेशमा पनि सरकार कसको बन्छ भन्ने प्रश्नमाभने, “हामी प्रयास गरिरहेका छौं । फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो । राजपाले हेराफेरी गर्दैन् । राष्ट्रिय तथा प्रदेशको राजधानीमा के कम्पोजिशन बन्छ । त्यही हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया