काठमाडौं । भोजपुरका विभिन्न ठाउँमा अविरल वर्षाका कारण क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो ।
यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भनाइ छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी हुनासाथ गएराति नै प्रहरी टोली त्यसतर्फ गएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया