अरुण दुर्घटना अपडेट : बेपत्ताको खोजी गोताखोरले गर्ने

काठमाडौं – निरन्तरको वर्षाका कारण धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट ६ जना यात्रुसहित अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएपछि गोताखोर मगाइएको छ । बिरामी बोकेर संखुवावासभाको खाँदबारीबाट धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी मंगलबार राति अरुण नदीमा खसेको थियो । दुई महिनाको बिरामी शिशुको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा गाडी दुर्घटना भएको हो। वेपत्ता हुनेमा दुई महिनाको शिशु सहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर, बिरामी शिशुका उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ रहेका छन् ।गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको भन्दै प्रहरीले खोजी कार्यतिब्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासाभाका अनुसार अविरलको वर्षा र त्यसपछि उर्लेको भेलको कारण जीप र त्यसमा सवार हराइरहेका यात्रुको खोजी निकै कठिन भइरहेको छ । कच्ची सडकबाट जीप अरुण नदीको दहमा खसेको स्थानीय बताउँछन् ।

उता,
कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जुम्लाको सिञ्जाबाट सदरमुकाम आउँदै गरेको ना१ख ७६६४ नंको बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

कालीकोट र जुम्लाको सिमाना रहेको नाग्ममा दुई दिशाबाट आएका बसलाई छक्याउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार घाइते हुनेमा मुगुको छायानाथ, रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही ठाउँकी ३२ वर्षीया लालदेवी रावत रहेका छन् ।

यस्तै अछामको ढकेरी गाउँपालिकाका ३५ वर्षीय डिल्ली भूल छन् भने जुम्लाको चन्दननाथ नगरपालिका–९ बस्ने छाया उपाध्याय र गर्भकन्या उपाध्याय रहेको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । टेलिफोन सम्पर्क हुन नसक्ने भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

घटनास्थलतर्फ प्रजिअ र प्रहरी निरीक्षकको टोली गएको र थप विवरण बुधबार आउने उहाँले बताउनुभयो । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

र यो पनि
आज असोज १ गते तर मौसम असार १ गतेको जस्तै छ । सडकहरु ठ्याक्कै रोप्न ठिक्क पारिएका खेतहरु जस्तै छन् । बाटोहरु हिडिसाध्य छैनन् । यसैबिच अंग्रेजी सेप्टेम्बर १८ मा हिडिरहँदा सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० आउनको लागि जम्मा ३ महिना बाँकी छ । पर्यटकहरुको लागि आवश्यक पूर्वाधार बाटोघाटो निर्माण गर्नुपर्ने यो समयमा अविरल वर्षा भएका कारण नवनिर्माण हुन सकेको छैन । पूर्नर्निमाण पनि रोकिएको छ । यस्तै नेपाल घुम्न आएका पर्यटकहरु पनि विभिन्न स्थानमा होल्ड हुनु परेको छ । हिजोमात्रै लुक्लाबाट हेलिकप्टरमा काठमाडौंमा आएका पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ल्याण्ड गर्न समस्या भएपछि अन्तै डाईभर्ट गुर्नपरेको थियो । नेपालमा हिमाल आरोहणको सिजन भएकाले यतिबेला पर्वतारोहरण एजेन्सीमार्फत केही आरोहणमा छन् भने केही जाने क्रममा छन् । तर मौसम प्रतिकुल भएका कारण विभागले एजेन्सीहरूलाई निर्देशन दिदै भनेको छ, ”असोज २ सम्म आरोहणमा नपठाउनू ।”
पर्यटन विभागले एक सचेतता सूचना जारी गर्दै आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै गर्दै निर्देशन दिएको छ । आरोहीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्दै वर्षा रोकिएपछि मात्रै आरोहण गराउन पर्वतारोहण एजेन्सीहरूलाई विभागले आग्रह गरेको हो ।

आज दिनभर वर्षा हुने, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?