भाडामा लिइएको भवनमा राज्यको अर्बौ स्वाहा ! कहिलेसम्म बन्छ संघिय संसद भवन ?

काठमाडौं – सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । यसको विकल्प खोज्दै सिंहदरबारभित्र नयाँ संघिय संसद भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको समुद्घाटन गर्नुभएको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।
नेपाल सरकारले भाडामा लिइएको भवनको लागी अहिलेसम्म केन्द्र बिकास समितीलाइ अर्वौ रकम बुझाइसकेको छ ।
संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको थियो ।
प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ । यसकारण केन्द्रको भाडा बढ्दै जाँदा सरकारलाई आर्थिक भार पनि बढ्दै जाने छ ।
यसअघि संविधानसभाका बेला करिब ७० करोड रुपैयाँ बुझाएको थियो । अहिले भएको सम्झौता अनुसार संसद सचिवालयले केन्द्रलाई ६ वर्षको एक अर्ब रुपैयाँ हाराहारीमा रकम बुझाउनुपर्नेछ । यसअघि खर्च गरेको ७० करोड र अब दिनु पर्ने १ अर्बमात्रै नभएर मर्मतमा समेत संसद सचिवालयले ठूलो रकम खर्च गरिसकेको छ । यसरी हेर्दा करिब २ अर्बकै हाराहारीमा सचिवालयले संसद बैठकका लागि भाडा तिर्नुपर्ने हुन्छ । जुन रकमले एउटा बेग्लै सम्मेलन केन्द्र बन्न सक्छ ।


मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिने पनि मन्त्रालयले जनाएको छ ।

यो समाचार पढ्नुहोस् : 

भ्रष्टचारीहरुको भिडियो क्लिप सरकारसँग आइसक्यो : प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?