२ लाख ८० हजार हेक्टर जंगलमा आगो लगाउने २ सय जना पक्राउ

एजेन्सी । इन्डोनेसियामा आगलागीका कारण हजारौं हेक्टर जंगल विनाश भएको छ र साथै पानिको स्रोत विनाश हुने अनुमान पनि गरिएको छ । इन्डोनेसियामा जुन महिना देखि ६ प्रान्तमा गरि करिब २ लाख ८० हजार हेक्टर जंगलमा आगो लागेको अधिकारीहरु बताएका छन् ।

तेल कम्पनी स्थापना गर्नेका लागि जंगलको जमिन प्रयोग गर्ने उद्देश्यका साथ आगलागी गराएको अनुमान गरिएको छ । प्रहरीले आगो लगाउने कार्यमा संलग्न भएको आरोपमा २ सय जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्

आगलागी नियन्त्रणमा लिनका लागि १४ हजार अग्‍नी नियन्‍त्रकका साथै ९ हजारभन्दा बढी प्रहरी र सेनालाई परिचालन गरिएको छ ।

आगलागी भएको ठाँउमा सवारीसाधन पुग्न नसक्ने भएको कारण आगलागी नियन्त्रणमा ढिलाई भएको बताईएको छ ।
आगलागी नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?