दशैंका लागी नयाँ नोट असोज १० गतेबाट वितरण गरिने

काठमाडौं । यस वर्षको दशैंका लागी नेपाल राष्ट्र बैकले नयाँ नोट असोज १० गतेबाट बाड्ने तयारी गरेको छ । प्रत्येक वर्षको दशैंमा राष्ट्र बैंकले सर्वसाधारणको लागी नयाँ नोट सटहीको व्यवस्था मिलाउदै आएको छ । यस वर्ष सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नयाँ नोट सटही गर्न पाउने साथै ५ सय र १ हजारका नोट भने चाहेजति वितरण हुने रहेको राष्ट्र बैंकले जनाएको छ ।

मुद्रा सटहीका यसअघिका वर्षहरुमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलिबाट नयाँ नोट सटही हुँदै आएको थियो । र यसपटक केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उपत्यका बाहिरका क्षेत्रीय कार्यालयहरुबाट समेत नोट वितरण गरीने भएको छ ।

यसवर्ष भने सरकारी स्तरका बैंक र ती बैंकका विभिन्न शाखाबाट समेत नयाँ नोट वितरण हुनेछ । राष्ट्र बैंकका अनुसार यस बाहेक सबै बैंक तथा वित्तीय संस्थाबाट समेत नयाँ नोट पाउन सकिने व्यबस्था समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?