लगानीकर्ताद्वारा नेप्सेको कार्यालय घेराउ, अर्थमन्त्रीलाई चुनौती दिँदै निकाले यस्तो विज्ञप्ती

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले विहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय घेराउ गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले असार मसान्तसम्म पनि आफुले गरेको ५८ बुँदे सुझाब कार्यान्वयन नगरेको भन्दै कार्यालय घेराउ गरेको जनाएका छन् ।

अर्थ मन्त्रालयद्वारा डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यलयलले लगानीकर्ताका सुझाब समेत समेटिएका कामहरु नभएकाले पुंजीबजारमा संकट आएको भन्दै नेप्से परिसर घेर्न पुगेका हुन।

तीनबुँदे माग राख्दै गत बुधबार आन्दोलनको घोषणा गरेका स्वतन्त्र लगानीकर्ताको आजको भेलाले अर्थमन्त्री खतिवडालाई सार्वजनिक कार्यक्रममा नै  पुगेर ५८ बुँदे सुझाब कार्यन्वयन नभएकोबारे प्रश्न सोध्ने निर्णय गरेको छ। सेयर बजार तथा समग्र पुंजीबजारको काम नगरी सार्वजनिक कार्यक्रममा मात्र भाषणबाजीमा लागेको आरोप लगाउदै लगानीकर्ताको भेलाले अर्थमन्त्री खतिवडा अतिथि भएको कार्यक्रम मै पुगेर प्रश्न सोध्ने भएका छन ।

अर्थमन्त्रीको कामप्रति  आफुहरु असन्तुष्ट रहेकोले कुनैपनि कार्यक्रममा अर्थमन्त्रीलाइ प्रमुख अतिथी नबनाउन समेत आग्रह गरेका छन् ।

नेप्सेको कार्यालय घेरा गर्न पुगेका स्वतन्त्र लगानीकर्ताका सदस्यहरुले एक विज्ञप्ती निकाल्दै अर्थमन्त्रीलाइ यस्तो आग्रह गरेका हुन् । भिडभाड नियन्त्रण गर्दै कुनै किसिमको घटना हुन नदिनको लागी भन्दै कार्यालय परिसर वरिपरि सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?