एपिएफ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश

धनगढी, २२ पुस- विभागीय टीम एपिएफ धनगढीमा जारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ धनगढी रंगशालामा आज भएको खेलमा पोखराको सहार क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुगमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपिएफलाई खेल सुम्पन वाध्य भएको हो । पहिलो हाफको २१ औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो । सहाराका विनोद गुरुङले गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनारावाट वाहिरिएको थियो पहिलो हाफ र दोस्रो हाफमा पनि कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले वचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुगाएका हुन । गोल रोकेर टिमलाई जिताएका उनी म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे पेनाल्टी सुउआउटमा एपिएफएका लागि गोलरक्षक नगरकोटी सहित अन्जन विष्ट सुदीप सिल्पकार आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए । सहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ विजय श्रेष्ठ मानवहादुर तामाङ र फुर्वा लामाको प्रहार भनेर गोलमा परिणत भएको थियो जितपछि प्रतिक्रिया दिदै एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको स्वीकार गर्दै मौसमले पनि समस्या आएकोले अर्को खेलमा अझ सुधार आउने वताए । सहारका प्रशिक्षक किरन गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको वताए प्रतियोगिता अन्तर्गत भोली काठमाण्डौको सिएमजी संकटा र धरान फुटवल क्लव वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?