मदिराको नशामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेपछि…

काठमाडौं । ७० वर्षीया वृद्धालाई बलात्कार गर्ने सप्तरीका एक पुरुष जेल चलान भएका छन् । सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा ७० वर्षीय वृद्धा बलात्कारको कसुरमा थुनामा परेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिनुभयो ।

सदाले अत्यधिक मदिराको नशामा अर्की युवती ठानेर वृद्धालाई बलात्कार गरेको स्विकारेका छन् । गतसाल असोज १६ गते घरका सबैजना मेला हेर्न गएका बेला वृद्धामाथि बलात्कार भएको थियो । बलात्कार घटनालगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए ।

उदयपुरको त्रियुगा नगरपािलका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा भदौमामा घर फर्केका फर्केका थिए । उनि भदौ १९ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?