संविधान दिवस : सुन्दर यातायातको विद्युतीय बसमा निःशुल्क सेवा !

काठमाडौं । संविधान दिवसको अवसरमा सुन्दर यातायातले केहि हप्ताअगाडी मात्रै नेपाली बाटोमा गुडाएका विद्युतिय बसमा निःशुल्क बस सेवा दिएको छ । कम्पनीले आज काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा निःशुल्क सेवा दिएको हो। ‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा विद्युतीय बसमा यात्रुलाई निःशुल्क यात्रा गराएको कम्पनिले जनाएको छ ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउनुभएको छ । यस्तै संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा २ सय ६० जना कैदीको सजाय कट्टा गर्नुभएको छ । २२ जनालाई माफी दिइएको छ ।

संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गर्नुभएको छ । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।
यसैबिच संविधान दिवसको अवसरमा सैनिक मञ्चमा संविधान दिवसको भव्य कार्यक्रम भएको छ । सर्वसाधारण राष्ट्रिय झण्डासहित सहभागी भएक छन् । यसैबिच नेकपा अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताउनुभएको छ ।

चौथो संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्नेमा जोड दिनुभएको हो ।

यो पनि पढ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?