अलकत्रा पनि विदेशबाट आयात, तैपनि सरकारको आलोचना नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । विदेशबाट नेपालमा विभिन्न बस्तुहरु आयातको ठुलो श्रृङ्खला रहेको छ । दैनिक उपभोग्य वस्तु देखी विकास निर्माणका बस्तुहरुको वर्षेनी आयात हुँदै आएको पाइएको छ । यसै सन्दर्भमा अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले धेरै आयात भएको भन्दै आलोचना भएको कुरामा असन्तुष्टि जनाउनु भएको छ ।

एकातिर विलासिताका वस्तुको आयात धेरै गर्ने र सरकारले आयात धेरै गर्यो भन्दै सरकारलाई गाली नगर्न समेत आग्रह गर्नुभएको छ ।

दैनिक उपभोग्य वस्तु देखी लिएर अलकत्रा साथै हवाईजहाजसम्म खरिद गर्ने मुलुकका नागरिक भएर खाली अलाप मात्र गरेर नहुने पनि जनाउनुभएको छ । यसैक्रममा उहाँले भन्नुभयो , ‘आदर्श अर्थमन्त्री भएको भए जे पनि गर्नसक्थेँ होला तर अर्थतन्त्रको समस्याहरुलाई हामीले बुझ्नुपर्छु।

त्रिपुरेश्वरस्थित भञ्सार विभागको भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कुल ग्राहस्थको ५२ प्रतिशत लगानी विकासमा भएको र पुंजी र बस्तु पनि विदेशकै भएकाले आयात बढी देखिएको बताउनुभयो।

‘१६/१७ खर्ब मध्ये लगानीको लागि चाहिने कच्चापदार्थ, प्रविधि विदेशबाट ल्याउनुपर्छ’ अर्थमन्त्री खतिवडाले भन्नुभयाे, ‘त्यसैले ८/९ खर्ब त अनिवार्य आयात नै हुन्छ, १० खर्ब नै पुग्ला, त्यसैले हामीले आयात नियन्त्रण गर्ने भनेको ४/५ खर्बको आयातमध्ये मात्रै हो, यो ४९५ खर्बबाट सुनचाँदी आयत भएको छ, त्यो सम्पति हो’।

पेट्रोलियम पदार्थ र बिद्युत आयात बाध्यता भएको भन्दै पछि विस्तारै आयात कम हुने अर्थमन्त्री खतिवडाले बताए। पहिलो बर्ष कृषिमा आधारित बस्तु आयात न्यूनीकरणमा सरकारले ध्यान दिएको भन्दै अब बिद्युत र पेट्रोलियम आयात कम गर्ने तर्फ आफुहरु लागेको पनि उहाँले बताउनुभयो ।

बिगतमा व्यापार भएन भनेर नेपालले लिएको कुल्ला ब्यापार तथा आर्थिक उदारीकरणको नीति लिइएको तर त्यसले ठुला मुलुकले फाइदा उठाएपनि नेपाल जस्ता देशले फाइदा लिन नसकेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?