संविधान दिवस: विभिन्न उद्योगी व्यवसायीलाई सम्मान

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । राज्यलाई योगदान पुर्याएवापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गरेको हो ।

संविधान दिवसको अवसरमा सरकारले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकिर्तिमय राष्ट्रदीप, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी मिश्र राणा, आईएमई ग्रूपमा अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद र उद्योगी अशोककुमार अग्रवाललाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान गर्ने भएको छ ।
यसैगरी बैंकर एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रवल जनसेवा श्रीबाट सम्मानित गरिने भएको छ । सरकारले मरणोपरान्त स्वर्गीय तत्कालिन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र स्वर्गीय मदनमणि दिक्षितलाई महाउज्ज्वल राष्ट्रीपबाट सम्मान गर्ने भएको छ ।
उनीहरुलाई आजै दिउसो एक कार्यक्रमबीच सम्मान गरिने रास्ट्रपति कार्यालय सोतले जनाएको छ । सो अवसरमा सरकारले विभिन्न क्षेत्रका गरी कुल ६ सय २५ जानलाई सम्मान गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?