तीन नयाँ विदेशी एयरलाइन्सले नेपालमा उडान गर्दै , ती कुन-कुन हुन् ?

काठमाडौं । अवबाट थप विदेशी तीन एयरलाइन्सले नेपालमा उडान गर्नका लागी तयारी गरिरहेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसमध्ये भारतका दुई र कुवेतको एउटा एयरलाइन्स छन् । उडान गर्नेमा भारतको स्पाइस जेट र बिस्तारा एयरलाइन्स तथा कुवेतको जजिरा एयरवेजले नेपाल आउन लागेका हुन् । भारतको स्पाइस जेटले  कात्तिकदेखि काठमाडौंमा उडान सुरू गर्ने जनाएको छ ।

यो भन्दा अघि भारतको जेट एयरवेजले उडान बन्द गरेपछि स्पाइस जेटले पुनः उडानको लागी अनुमति पाएको हो । त्यस्तै विस्ताराले पनि उडान अनुमतिका लागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिइसकेको छ ।

यसअघि कुवेतको वातानिया एयरलाइन्स उडान बन्द गरेर फर्किएको थियो। त्यसलगत्तै जजिराले काठमाडौंमा उडान सुरू गर्ने तयारी गरिरहेको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विभिन्न २३ विदेशी एयरलाइन्सले उडान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?