खानेपानी अभावले होटल व्यवसाय संकटमा

बैतडी, २३ पुस । खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष दिनमै बिग्रिएपछि सतबाँझमा रहेका एक दर्जन बढी होटल र दुई दर्जन बढी घरपरिवार समस्यामा परेका छन् बैतडी दार्चुलाको मुख्य केन्द्र रहेको सुर्नया गाउँपालिका–२ मा रहेको सतबाँझ बजारमा दिनहुँ दजनौँ सवारीसाधन र सयौँ यात्रु आवतजावत गर्ने भए पनि खानेपानीको अभावका कारण सास्ती खेप्दै आएका छन् । खानेपानीको अभाव हुँदा सतबाँझका होटल व्यवसायी पलायन हुन थालेका छन् । गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्नुपरेको होटल सञ्चालकको भनाइ रहेको छ । १० वर्षदेखि होटल सञ्चालन गरेको बताउँदै पानीकै समस्याले विस्थापित हुने अवस्था आएको हिमानी होटल एण्ड लजका सञ्चालक भानसिंह बोहराको भनाइ रहेको छ । पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् उनले भने “पानी बोक्नकै लागि एक जना भरिया राखेका छाँै, पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ ।”होटल व्यवसायीले चर्को मूल्य तिरेर गाडी तथा भरियाबाट पानी बोक्न बाध्य भएका छन् । सतबाँझ बजारमा हिउँदको महिनामा मात्रै नभएर बाह्रै महिना पानीको अभावमा रहेको पाइन्छ । गाडीबाट पानी ल्यायो भने सात किलोमिटर टाढा सितुनबाट ल्यानुपर्ने र भरियाले बोकायो भने दुई घण्टा टाढा चिल्लेपानीबाट ल्याउनुपर्ने बाध्यता रहेको पाण्डेय होटलका सञ्चालक दीपेन्द्र पाण्डेयले बताए पानीकै अभावमा राजमार्गमा चल्ने गाडी पनि जिल्लाका अन्य बजारमा गएर रोक्ने गरेका छन् । एसियाली विकास बैंकको सहयोगमा सामुदायिक खानेपानीले सतबाँझमा विस २०६७ मा बैतडी जिल्लामै पहिलो पटक पम्प प्रणालीबाट खानेपानी सञ्चालनमा आएको थियो । लाखौँ रुपैयाँ खर्च गरेर २५ केभी क्षमताको मोटर लगाएर ८०० मिटर तल कटमोली खोलाबाट पम्पिङ गरेर ल्याएको उक्त आयोजना एक वर्ष नबित्दै बिग्रिदा समस्या भएको हो उपभोक्ता समितिले आर्थिक स्रोत नहँुदा बिग्रिएको छ वर्ष बितिसक्दासमेत नसकिएको जनाएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ मा रहेको सतबाँझ बजारमा पानी समस्या रहेको बताउँदै समाधानका लागि वडा तथा गाउँपालिकाबाट सक्दो सहयोग गरिने वडाध्यक्ष हर्कबहादुर पाण्डेयले बताए । सुर्नया गाउँपालिकाको सदरमुकामका रुपमा रहेको सतबाँझमा पानीको अभाव हुनु दुःखको कुरा हो उनले भने“बनाएका योजनाको संरक्षण र प्रवद्र्धन हुन नसक्दा यस्तो समस्या आएको हो”जिल्लाको दोगडाकेदार, पाटन, मेलौलीलगायतका क्षेत्रमा पनि हिउँद शुरु भएसँगै खानेपानीको समस्या बढेको स्थानीय बासिन्दाले बताएका छन् । पुरानो मुहानमा पानी घट्दै जानु र जनसंख्या बढ्नु अभावको मुख्य कारण बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?