ओटावा- क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्।
लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेकाे हाे ।
क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा छन् ।
पुरानो फोटोले अहिले उनी तनावमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ ।
उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ ।
ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उनका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् ।
उनले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाई छ ।
उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छ् । तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आफू नभएको उनको दावी छ ।
उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेशगरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया