काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र सचिव मनोनय गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओली निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले काठमाडौँ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ तथा ललितपुर महानगरको अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको हो ।
त्यसैगरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिवमा डा. विश्वम्भर शर्मा तथा विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिवमा हेम कार्कीलाई मनोनय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । साङ्गठनिक एकतासँग बाँकी रहेका विषय पनि छिट्टै टुङ्गो लगाउने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया