२१ औं इमेज अवार्ड सम्पन्न, लाइफटाइम अचिभमेन्ट अवार्ड ओमविक्रम विष्टलाई

काठमाडौं । इमेज च्यानलले दुई दशक अघिबाट सुरु गरेको नेपाली सांगीतिक क्षेत्रको उत्सव इमेज अवार्डको २१ औं संस्करण सम्पन्न भएको छ । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने यो अवार्डबाट विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् ।

शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई प्रदान गरिएको छ । हाल अमेरिकामा उपचाररत विष्टको अवार्ड उहाँका सुपुत्र र दिदीले ग्रहण गरेका थिए ।
अमेरिकाबाट भिडियो सन्देश पठाउँदै वरिष्ठ गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताउनुभयो ।

कार्यक्रममा २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीत, चलचित्र, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’हरुमध्येबाट २२ ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

अवार्ड प्राप्त गर्नेहरुको विवरण यस्तो छ…

सर्वोत्कृष्ट गायन पुरुष ‘बाबाको टोपी’ गायक महेश सेवा
सर्वोत्कृष्ट गायन महिला ‘अब छाडेर जाने’ गायिका अन्जु पन्त
सर्वोत्कृष्ट गीत ‘नाच फिरिरी’ महेश काफ्ले र मेलिना राई
सर्वोत्कृष्ट गायन पप पुरुष ‘गल्ती’ विक्रम बराल
सर्वोत्कष्ट गायन पप महिला ‘मायाको रंग’ वानिका प्रधान

‘पब्लिक चोइस’को अवार्ड ‘पिरिम नलाउनी’ आशिष सचिन र मेलिना राई

सर्वोत्कृष्ट गायन लोकगीत ‘खुर्सानी डल्ले’ गायक भीषण मुकारुङ
सर्वोत्कृष्ट गायन दोहोरीगीत ‘गलबन्दी’ प्रकाश सपुत र शान्ती श्री परियार
सर्वोत्कृष्ट दोहोरीगीत ‘सालको पात’ कुलेन्द्र विक
उत्कृष्ट गीत रचना ‘तिम्रो हाल’ वीरेन्द्र पाठक
सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा’ स्वरुपराज आचार्य र वानिका प्रधान

सर्वोत्कृष्ट नवकलाकार ‘दिल खोलेर’ गायक तारा तिवारी
सर्वोत्कृष्ट संगीत अवार्ड ‘यो मन’ त्रिशला गुरुङ र रोहित शाक्य
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक ‘लुकिछिपी’ नविन चौहान

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार ‘जाउँ हिँड.’ हरि हुमागाईं
सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक ‘आँखाका जोर’ लोकेश ब्रजाचार्य
सर्वोत्कृष्ट म्यूजिक भिडियो ‘लुकिछिपी’ आर्टमान्डु नेपाल

सर्वोत्कृष्ट चलचित्र गीत ‘भिजिट भिसा’ चलचित्र ‘दाल, भात तरकारी’
उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’
उत्कृष्ट अभिनेता विपिन कार्की चलचित्र ‘गोपी’बाट
सर्वोत्कृष्ट चलचित्र निर्देश प्रदीप भट्टराई चलचित्र ‘जात्रै जात्रा’
सर्वोत्कृष्ट चलचित्र ‘जात्रै जात्रा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?