सप्तरी, २७ भदौ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन ।प्रचण्डले आज सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्र्तगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए ।प्रचण्डले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरु नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु मधेसका जनताबीच पार्टीको एजेन्डा लिएर जानुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया