आज मिति २०७६ साल असोज महिनाको ५ गते आइतबार । आज तपाइको दिन कस्तो रहनेछ राशिफलबाट थाहा पाउनुहोस् ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजनपनि पाईनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला । घरायसी विवाद बढ्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया