नेपाल र भुटान भिड्दै, भुटानलाई हराए नेपाल सेमिफाईनलमा

काठमाडौं । साफ यू-१८ फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटान बिच प्रतिस्पर्धा हुदैँछ । समुह ए मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।

काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराए प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपालले प्राप्त गर्नेछ ।

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १-१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।

भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?