एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २-० गोल अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा ग्रानडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।
दोस्रो हाफमा बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले लियोनल मेस्सी र अंशु फातीलाई मैदानमा उतारेका थिए । तर दुई महत्वपुर्ण खेलाडी मैदान उतारेपनि बार्सिलोनाले हार टार्न सकेन ।
बार्सिलोनाले पछिल्ला २५ बर्षमा सिजनको खराब सुरुवाती गर्ने क्रममा तालिकाको सातौ स्थानमा रह्यो । बार्सा क्लब शीर्ष स्थानको ग्रानडा भन्दा तीन अंकले पछाडी छ ।
स्पेनिस लिगको नवप्रवेशी क्लब ग्रानडा बार्सिलोनालाई हराउँदै स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानडाले ५ खेलबाट १० अंक बटुलेका छ । बार्सिलोना ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया