काठमाडौं, २३ पुस । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बेलुका भेटवार्ता हुने भएको छ ओली र प्रचण्डबीच पार्टी एकता र पछिल्लो राजनीतिक विषयका बारेमा छलफल हुने प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए त्यस्तै, एक साताको बीचमा ओली र दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको थिएन दाहाल चितवनबाट काठमाडौं शनिबार नै आउने भनिए पनि मौसम प्रतिकुलताका कारण सम्भव भएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया