दशैंको मुखैमा मौलायो अवैधानिक हुन्डी कारोबार, के गर्दैछ सरोकारवाला निकाय ?

काठमाडौं । विदेशबाट अवैधानिक पैसा पठाउने माध्ययम हो हुण्डी । दशैं नजिकिएसँगै हुण्डी मार्फत पैसा पठाउनेको संख्या बढ्दै गएको छ।चाडपर्वका समयमा विदेशमा रहेकाहरुले स्वदेशमा रहेका आफ्रना परिवार , आफन्त एवं नातेदारहरुलाइ धेरै मात्रामा रकम पठाउने गरेका छन । यहि अवसरलाई मौका छोपेर हुन्डी कारोबार गर्नेहरुले धेरै रकम भित्र्याएर मनग्य आम्दानी गर्ने बाटोमा लागेका छन ।

यसैलाइ मनग्य पैसा कमाउने अवसरको रुपमा केहि रेमिट्यान्स कम्पनीहरुले पनि अबैधानिक बाटोबाट पैसा कमाइरहेको विज्ञहरुको भनाइ रहको छ ।

धेरैजसो रकम बैधानिक बाटोबाट भित्र्याए पनि केही रकम अवैधानिक रुपमा नेपाल भित्र्याइरहेको उनीहरुको बताउँछन् । तर यस्तो भएको थाहा हुँदाहुँदैपनि यस कार्यको निगरानी राष्ट्र बैंकले समेत गर्न सकेको छैन ।

अघिल्ला वर्षहरुकमा पनि चार्डपर्वका समयमा अवैधानिक बाटोबाट रेमिटयान्स व्यापारी तथा रेमिटयान्स कम्पनीले पनि भित्र्याउँदै आएका थिए । तर, बैंधानिक खोल ओढेर अवैधानिक कार्य गर्नेहरु रेमिट्यान्स कम्पनीलाई पनि कारबाही हुन सकेको छैन । रेमिट्यान्स कम्पनीले नै राष्ट बैंकका नियमन गर्ने कर्मचारीलाई मोटो रकम दिने र त्यस्तो कार्यलाई संरक्षण प्रदान गर्दै आएका छन् ।

नेपालमा चाडपर्व वा अन्य समयमा ठुलो मात्रामा विदेशबाट पैसा आउने गरेको छ । बैधानिक माध्यमबाट मात्र गत वर्ष ८ खर्ब ७९ अर्ब रकम रेमिट्यान्समार्फत नेपालमा भित्रिएको छ । हुन्डीबाट पनि त्यही रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको बिज्ञहरु बताउँछन् ।कतिपय देशबाट त अझै पनि हुन्डीबाट नै रकम आउने गरेको छ । कतिपय व्यापारीले हुन्डीको रकमबाट विदेशबाट सामान ल्याउने र नेपालमा

उनीका परिवारलाई रकम दिने गरेका छन् । यसले गर्दा पनि रेमिटयान्स बार्षिक कति भित्र्न्छ भन्ने अनुमान गर्न कठिन भएको पनि बताइन्छ ।
विगतका वर्षहरुमा कतिपय मुलुकमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज नभएकाले पनि हुन्डीबाट रकम ल्याउन बाध्य थिए ।

त्यसकारण पनि नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले ती राष्ट्रबाट रेमिट्यान्स ल्याउन अप्ठ्यारो थियो  । पछिल्ला समय ती राष्ट्र«मा धेरै रेमिट्यान्स प्रदायक संस्थाको संख्या बढेको छ  । नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको छ । तर, अझै पनि ती देशबाट हुन्डीबाट नै रकम आउन भने छाडेको छैन ।

पोहोरभन्दा अहिले विदेश जाने नेपालीको संख्या घटे पनि विदेशबाट आउने रेमिटयान्स र हुन्डीको व्यापार भने बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्र्एिको थियो । गत आर्थिक वर्षमा पौनै ९ खर्बको रेमिट्यान्स आएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली ३८।६ प्रतिशतले घटेका छन् । तर, रेमिटयान्स भने १९।९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

सरोकारवाला निकाय अर्थात नेपाल राष्ट्र बैंकनै यस कुरामा बेखवर जस्तै रहेको छ । अबैधानिक तवरबाट यसरी आउने रकमले गर्दा देशको राजस्वमा पनि नकारात्मक असर पर्दछ । साथै हुन्डी मार्फत पैसा पठाउने भन्दै धेरै नेपालीहको पैसा समेत गायब भएको पाइएको छ । गैरकानुनी रुपमा यसरी आउने रकमको नियमन तथा नियन्त्रण नगरिएका कारण पनि हुन्डी कारोबार मौलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?