जुवा खेलिरहेको अवस्थामा चार महिलासहित १४ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा १४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले टोखा नगरपालिका-९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा ८७ हजार रुपैयाँसहित नौ जनालाई र टोखा नगरपालिका-९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानएको छ ।

पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?