काठमाडौं । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।
सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका-३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका-७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।
त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका-१ दुवाकोटबेँसीका २३ वर्र्षीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया