काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आइतवारर अमेरिकन १ डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४९ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा पुगेको छ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा पुगेको छ । कुवेतकाे दिनार १ को खरिददर ३७२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८१ पैसा पुगेको छ ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३० पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८९ पैसा पुगेको छ ।
यसै क्रममा साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया