शालिकराम मृत्यु प्रकरण : रवि लामिछानेसहित ३ जना अदालत उपस्थित हुँदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आजदेखि साक्षी बकपत्र सुरु हुँदैछ । सञ्चारकर्मी रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

सञ्चारकर्मी रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो । उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ । दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो ।

शालिकराम साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको मोबाइलमा भेटिएको भिडियोमा शालिकरामले तीन जनामाथि आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?