१७० जना नेपाली कामदारले पाए टर्कीबाट १ करोड क्षतिपूर्ति

काठमाडौं । रोजगारीको लागी केही समय अघि टर्की गएका नेपाली कामदारले त्यहाँ रहदा करार गरिएको जति सेवासुबिधा साथै तलब नपाएको भन्दै नेपाल फर्किएका थिए । करार अबधीमा सेवासुबिधा र तलब नपाएको भन्दै उजुरी गरेपछि टर्कीको रोजगारदाता निकायबाट  उनिहरुले १ करोड रुपैयाँ पाउने भएका छन ।

नेपालबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई करार अवधिमै बिना सेवासुविधा स्वदेश फर्काएपछि नेपाल सरकारको लामो कुटनीतिक प्रयासपछि टर्कीको रोजगारदाताले सो क्षतिपूर्ति दिएको हो ।

नेपाल सरकारले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत सम्बन्धित देशसँग लगातारको सम्पर्कपछि बिनातलब फर्किएका नेपाली युवाको लगभग ९८ लाख रुपैयाँ पारिश्रमिक फिर्ता गरिएको छ। टर्कीस्थित आईजीए कम्पनीबाट १७० युवाले पाउनुपर्ने ९८ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

रोजगारीको उनीहरुले सन् २०१९ को सुरुसम्म पटकपटक गरेर तीनवटा मेनपावरबाट लागि टर्कीको आईजीए कम्पनी धाएका थिए ।

रोजगारीमा लागेको केही समयपछि नै कम्पनीले आफू टाट पल्टिएको जनाउँदै १७० नेपालीलाई बिनातलब स्वदेश फर्काएको थियो ।

महानिर्देशक भुसालले युवा पठाउने नेपाली मेनपावर कम्पनीकोभन्दा पनि टर्कीको रोजगारदातामा नै गल्ती देखिएको बताउनुभयो ।

पिडीतको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले पाकिस्तानमा रहेको नेपाली दुतावास मार्फत पटक पटक टर्की सरकारलाई अनुरोध गरेको थियो । टर्की सरकारले नेपाली श्रमिकमाथि भएको श्रम शोषणका सम्बन्धमा कम्पनीसँग सहकार्य गरेर नेपाली युवाले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?