अत्याधिक चिसोका कारण कठाङ्ग्रिएर सिरहामा ३ जनाको मृत्यु

सिरहा, २३ पुस । अत्याधिक चिसोका कारण सिरहामा बालबालिकासहित ३ जनाको मृत्यु भएको छ दुई सातादेखि लगातार चलेको शीतलहरका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको हो मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका–७ कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको आइतबार विहान मृत्यु भएको हो यस्तै गोलबजार–२ लालपुरका ७० वर्षीय रामप्रसाद महतोको शनिबार मृत्यु भएको थियो । चिसोका कारण बेहोस भएका बालकलाई धामीझाक्रीको भरमा राख्दा मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?