राजदरबारमा प्रदर्शन गर्ने ११ साउदी राजकुमार गिरफ्तार, यस्ताे छ कारण

रियाद, २३ पुस । साउदी अरबमा राजदरबार बाहिर प्रदर्शन गरेको आरोपमा ११ जना राजकुमार पक्राउ परेका छन् उनीहरु शाही खानदानको बिजुली र पानीको बिल सरकारी कोषबाट भुक्तानमा रोक लगाएको विरोध गरिरहेका थिए । पक्राउ परेका राजकुमारहरुको नाम सार्वजनिक गरिएको छैन साउदी अरब सरकारले राजपरिवारका सदस्यले अब आफ्नो बिल आफैं तिर्नुपर्ने निर्णय गरेको छ । साउदी सरकारले सार्वजनिक खर्चमा कटौती गर्दै केही विशेष सुविधाहरु बन्द गरेको छ साउदी अरबले नयाँ वर्षदेखि स्थानीय बजारमा पेट्रोल उत्पादनको मूल्य दोब्बर बनाएको छ भने वस्तु तथा सेवा कर समेत लगाउन सुरु गरिएको छ । राजकुमारको प्रदर्शनका बारेमा सबैभन्दा पहिले एक साउदी वेबसाइटमा समाचार प्रकाशित गरिएको थियो समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी राजकुमारको गिरफ्तारीबारे सरकारी पक्षले पुष्टि गरेको छ । उनीहरुलाई एउटा सुरक्षित जेलमा राखिएको छ । गत वर्षदेखि साउदी अरबमा भ्रष्टाचारका विरुद्ध सुरु गरिएको कारबाहीमा दर्जनौं राजकुमार पक्राउ परिसकेका छन् यिनीहरुमध्ये केही पूर्वमन्त्री समेत सामेल रहेका छन् । साउदी अरबको शाही परिवारमा हजारौं रहेपनि उनीहरुबीच समानता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?