नौबिसे-नागढुङ्गा सुरुङ निर्माणको सम्झौता भाेली हुने, कस्ले पायो ठेक्का ?

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे – नागढुङ्गा सुरुङ निर्माणको लागी जापानी कम्पनीसँग साेमबार सम्झौता हुने भएको छ ।

विकास सहायता कार्यान्वयन महाशाखा तथा जापानी कम्पनी हाज्मा / आन्दो जेबीसँग सम्झौता हुन लागेको श्यामप्रसाद खरेलले जानकारी दिनुभयो । विहिबार नै कम्पनीका प्रतिनिधी र आयोजनाबिच छलफल भएको थियो ।

उक्त कामको शिलान्यास असारमै गर्ने भनिएपनि मुआब्जा वितरण, साईट क्लियर लगायतको प्रक्रिया सक्न समय लागेका कारण ढिला गरि निर्माण सुरु हुन लागेको हो।

भोली नै सम्झौता हुने भएपनि निर्माण भने दँशै तिहारपछि मात्रै सुरु हुनेछ। यो अवधिमा कम्पनीले साईटमा क्याम्प राख्ने, इक्विपमेन्ट ल्याउने लगायत तयारीका कामहरु गर्ने खरेलले जानकारी दिनुभयो ।

कम्पनीले काम शुरु गरेको ४० महिनामा ठेक्का पुरा गरेर हस्तान्तरण गर्नुपर्ने उक्त कामको जिम्मा जापानी कम्पनीलाइ दिने निर्णय गरिएको थिएन । नागढुङगा नौविसे सुरुङमार्गको किसिपढी खोल्सीदेखि सिस्नेखोला करिव २.७ किमी सुरुङमार्ग निर्माण हुनेछ। केहि समयअघि बसेको बैठकले व्यक्तिका नाममा रहेका र प्रक्रिया पुरा गरेका जग्गाहरुका हकमा मुआब्जा निर्धारण गरिसकेको छ। धादिङतर्फ करिव ५० रोपनी र करिव ५० टहरा जग्गा अधिग्रहण गर्नुपर्नेछ।

करिव ६ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा करिव पाँच अर्ब वितरण भैसकेको छ भने अब ८० करोड रुपैयाँ वितरण गरे मुआब्जाको विषय टुङगिने खरेलले जानकारी दिनुभयो। साथै गुर्जुधारादेखि सुरुङमार्गको प्रवेशमार्गसम्म फ्लाईओभर निर्माण गरिनेछ। यो करिव ६ सय मिटर लामो हुने आयोजनाले जनाएको छ।

जापान सरकारको ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो। कुल लागत २२ अर्व मध्ये सहुलियत ऋण सहयोग १५ अर्व हुनेछ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ७ अर्व व्यहोर्ने छ। जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?