साफ यू–१८ फुटबल च्याम्पियनसिप: नेपाल स्तब्ध

काठमाडौं । तेस्रो संस्करणको साफ यू-१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग ३-० गोल अन्र्तरले हार व्यहोरेको छ ।

आइतबार भएको खेलमा नेपाल भुटानसँग ३-० ले पराजित भएको हो । खेलको ४१ औं मिनेटमा यशी दोर्जीको गोलबाट भुटानले अग्रता बनाएको हो । खेलको ८६ औं मिनेटमा केल्जिङ जिग्मीले पेनाल्टी गोल गर्दै भुटानलाई २-० को अग्रता दिलाए ।

हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।

उक्त खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?