भारतबाट खसी ल्याउन प्रतिबन्ध, दशैंमा च्याङ्ग्रा चिनबाट ल्याँइदै

काठमाडौं । दशैं नजिकिएसँगै राजधानी शहर काठमाडौंमा चहलपहल बढेकाे छ । साथै देशका बिभीन्न भागबाट खसीबोका तथा भेडा च्याङ्ग्रा भित्रिन थालेका छन् । वर्षेनी काठमाडौंमा ठुलो मात्रामा खसी बोका भित्रिने गरेका छन् । देशका हिमाली तथा तराइ क्षेत्रबाट खसी बोका आउछन भने चिनबाट भेडा तथा च्याङ्ग्रा भित्रिन थालेका छन ।

सरकारले गत बैशाख १६ गतेबाट काठमाडौंमा भारतबाट खसी ल्याउन प्रतिबन्ध लगाएको छ । भारतबाट आउने खसीहरु नेपाल ल्याउनको लागी क्वारेन्टाइन परिक्षण गरेर मात्र ल्याउनुपर्ने व्यबस्था गरिएको छ । भारतिय खसी आउन छाडेसँगै काठमाडौंमा मासुको मुल्य अत्याधिक बढेको छ ।

पशु चौपाया व्यवसायी महासंघका अध्यक्ष जनकराज खतिवडाले दशैंका लागि खसी भित्रिन सुरु गरेको बताउनु भयो । भारतबाट आउन बन्द भएकाले नेपालकै खसीबोका किनेर ल्याउन थालिएको जानकारी दिनुभयो। नेपाली उत्पादनले धान्न कठिन हुने देखिएको र गत वर्षको दशैंमा सात दिनको अवधिमा ३५ हजार खसी बिक्री भएको थियो। यो वाहेक अन्य बजारबाट पनि खसीरबोका बिक्री हुन्छ।दशैंका बेलामा ५० हजार खसीरबोका बिक्री हुन्छ।

यो वर्ष ३० हजार मात्रै खसीरबोका ल्याउन सकिने देखिएको छ।‘गत वर्षकै आधारमा हेर्ने हो भने अझै १५ हजार खसीबोका पुग्दैन। अपुग हुने कसरी आपूर्ति गर्ने भन्ने बारेमा कृषि मन्त्रालयसँग छलफल गरिरहेको पनि खतिवडाले जानकारी दिनुभयो । तर मन्त्रालयका अधिकारीहरु तथ्यांक हेरेर स्वदेशी उत्पादन पर्याप्त छ भनिरहनुभएको पनि उहाँको भनाइ रहेको छ । विगतमा उत्तरप्रदेशबाट प्रशस्त मात्रामा खसीबोका आउने गर्थ्यो।

गत वर्षपनि आन्तरिक उत्पादनले दशैंका बेलामा नधान्ने भएपछि तत्कालै भारतबाट आपूर्तिको व्यवस्था गरिन्थ्यो ।तर अहिले भने सरकारले कागजी तथ्यांककै आधारमा पुग्ने बताउँदै आएको छ। गत वर्षपनि सरकारी तथ्यांकले वार्षिक ६ प्रतिशत आपूर्ति भएको देखिन्छ।

तर काठमाडौंमा ७५ प्रतिशत भारतबाट आयात हुन्थ्यो भने २५ प्रतिशत आन्तरिक बजारबाट आउँथ्यो। अहिले पनि प्रतिवन्ध भएपनि भारतबाट गैरकानुनी रुपमा खसीरबोका आइरहेको छ।विगतमा कानुनी रुपमा तीन सय हाराहारीमा खसीबोका नेपाल भित्रिन्थ्यो।अहिले भने सात सय खसीरबोका अवैधानिक रुपमा नेपाल भित्रिएको अनुमान छ।

भूकम्प गएसँगै चिनियाँ नाका बन्द भएयो मुस्ताङ र मनाङ लगायतका जिल्लाबाट भेडारच्याङग्रा काठमाडौं आउने गरेका थिए। महँगो मूल्यमा बिक्री गर्न पाइने भएकाले त्यहाँका व्यवसायीले धेरै भेडारच्याङग्रा काठमाडौंमै ल्याउँथे। त्यो बेलामा मुस्ताङ र मनाङका नजिकका जिल्लामा भेडारच्याङग्रा किन्न पाउने अवस्था थिएन्।तर अहिले तातोपानी र केरुङ नाका रहेकाले चिनियाँ च्याङग्रा काठमाडौं आउने भएका छन्।तातोपानी नाकाबाट च्याङग्रा ल्याउन व्यवसायी त्यसतर्फ लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?