नेकपा निकट मगर संगठनको एकीकरण, संयोजकमा भोजविक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट दुईवटा मगर संगठन एक भएका छन् । तत्कालीन नेकपा एमाले निकट नेपाल लोकतान्त्रिक मगर संघ र माओवादी केन्द्रनिकट मगर राष्ट्रिय मुक्ति मोर्चाबीच एकिकरण भएर ’लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल’ नाम राखिएको छ ।

नवगठित मगर मोर्चाको संयोजकमा साबिक नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष भोजविक्रम बुढामगर र सह–संयोजकमा साबिक मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका उपाध्यक्ष गणेशबहादुर सलामीमगर चयन भएका छन् ।
मोर्चाका संयोजक र सहसंयोजकसहित २५१ सदस्यीय केन्द्रीय समितिलाई नेकपानिकट आदिवासी जनजाति महासंघ नेपालका संयोजक सुरेश आलेमगरले सपथ ग्रहण गराएका हुन् ।

काठमाडौंमा आयोजीत मोर्चाको संगठनात्मक एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव विष्णु पौडेलले देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गर्न मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?