सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्छ : ईश्वर पोखरेलल

काठकाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै भाषा, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले भाषा, कला र संस्कृति सबै समुदायको पहिचान भएकाले त्यसको संरक्षण गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । थारु समूदायको ठूलो पर्व जितिया पर्वको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हरेकले आफ्नो पहिचान जोगाउन पनि आफ्नो कला, भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने पनि बताउनु भयो । उपप्रधानमन्त्री पोखरेलले सबैलाई मिलेर बस्न पनि जितिया पर्वले नेपाली समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।

उपप्रधानमन्त्री पोखरेलले जातीय चाडपर्वहरुले नेपाली समाजलाई मिलेर बस्ने प्रेरणा दिईरहेको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?