‘सिने स्टार अवार्ड २०२०’ जनवरीभित्र क्यानडामा गरिने

काठमाण्डौं । ‘सिने स्टार अवार्ड २०२०’ आगामी जनवरी ३१ मा क्यानडाको टोरेन्टोमा हुने भएको छ । आईतबार काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा अवार्डको मिति र स्थानबारे जानकारी गराएको हो ।

हिल्सा इन्टरटेन्मेन्ट प्रा.लि. नेपाल, जी.टी.ए लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टिभिजन क्यानडाको सहकार्य हुने अवार्डबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हिल्साका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्षलाई लक्षित गर्दै अवार्ड आयोजना गर्न लागिएको बताउनुभयो ।

गएको बर्ष रिलिज भएका चलचित्रहरु मध्येबाट उत्कृष्ट ३ को मनोनयन केहि दिनभित्रै सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । अवार्डका लागि मोहन निरौला, रमेश वुढाथोकी र दिनेश डीसी निर्णायकको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?