राजविराजमा अज्ञात समूहद्वारा गोली प्रहार, घाइतेको उपचार हुँदै

काठमाडौं -२४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी गोली प्रहार गरेका हुन् । मण्डल राजविराजबाट से ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए।

मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते भएको अवस्थामा उपचारार्थ राति अस्पताल आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बताएका छन्। मण्डलको पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिए। मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ।

गोली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ बनाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?