बुटवल, २३ पुस । फर्निचर व्यवसायी हत्याको विरोधमा आज दोस्रो दिनपनि रुपन्देही बन्द गराइएको छ व्यवसायी बसन्त पौडेल ‘बलु’को शुक्रबार भएको हत्याको विरोधमा एमाले निकट यूवा संघ तथा अनेरास्ववीयुले रुपन्देही बन्द गराएका हुन् हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने आन्दोलनकारीले बताएका छन् बन्दकर्ताले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग राखेर प्रदर्शन जारी राखेका हुन् । बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ त्यस्तै, पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग दुई दिनदेखि ठप्प छ । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत ठप्प छन् । बन्दमा राजनीतिक दल र ब्यवसायिक प्रतिष्ठानले समर्थन जनाएको छ मृतकका परिवारले दोषिलाई पक्राउ नगरेरसम्म शव नबुझ्ने अडान राखेका छन् । पौडेलको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छ । व्यवसायी पौडेलको शुक्रबार देवदह २ ढेकाबारमा गोली हानी हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया