स्पेनिस लिग : बेन्जिमाको गोलमा रियल विजयी, सेभिल्ला स्तब्ध

एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले सेभिल्लालाई पराजित गरेको छ । आईतबार राति सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड १-० ले विजयी बनेको हो ।

रियलको जितमा खेलको ६४ औ मिनेटमा बेन्जिमाले विजयी गोल गरेका थिए । जितसँगै रियलले ३ अंक जोडन सफल भएको छ ।
जिनेदिन जिदानको टिम रियल स्पेनिस लिगमा अपराजित छ । दोस्रो स्थानको रियलले ५ खेलबाट ११ अंक बटुलेको छ । सेभिल्ला १० अंक सहित पाँचौ स्थानमा छ ।

च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंग ३-० ले हारेपछि प्रशिक्षक जिदानलाई दबाब थपिएको थियो ।

पहिलो हाफमा यसै सिजन रियल आएका इडेन हजार्डको गोलको प्रयासलाई सेभियाको गोलकिपर थोमस भाक्लिकले असफल बनाएका थिए ।

घरेलु टोलीका जाभियर हर्नाल्डेजको गोललाई रेफ्रीले अफसाईडको मान्यता दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?