फिफा वर्ष खेलाडी अवार्ड : रोनाल्डो, मेस्सी र भान डाइक कसले जित्लान् ‘द बेष्ट अवार्ड’ ?

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज फिफा वर्ष खेलाडी अवार्ड द बेष्ट को घोषणा गर्दैछ । इटालीको मिलानमा आयोजना हुने भव्य कार्यक्रमकाबीच वर्ष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ ।

द बेष्ट अवार्ड यि ३ स्टार खेलाडी मध्ये कसको पोल्टामा पर्ने हो भनेर खेल प्रेमिहरुमा उत्सुकता जागेको छ । फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा तीन खेलाडी छन् । जसमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भिर्गिल भान डाइक र रहेका छन् ।

तस्वीर गूगल

यस सिजन लिभरपुलका डिफेन्डर डाइकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए ।

डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई पछि बनाएका थिए ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ए उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

द बेष्ट अवार्ड मात्र नभई फिफाले अन्य खेलाडि गोलरक्षक प्रशिक्षकहरुलाई पनि मनोनयन गरेको छ :

उत्कृष्ट पुरुष खेलाडी

१) क्रिस्टियानो रोनाल्डो (युभेन्टस-पोर्चुगल)

२) लियोनल मेस्सी (बार्सिलोना-अर्जेन्टिना)

३) भर्जिल भान डाइक (लिभरपुल-नेदरल्यान्ड्स)

उत्कृष्ट महिला खेलाडी

१) मेगन रापिनो (अमेरिका)

२) एलेक्स मोर्गन (अमेरिका)

३) लुसी ब्रोन्ज (इङ्ल्यान्ड)

उत्कृष्ट पुरुष प्रशिक्षक

१) पेप ग्वार्डीओला (म्यानचेस्टर सिटी)

२) योर्गेन क्लप (लिभरपुल)

३) माउरिसिओ पोचेटिनो (टोट्टनहाम)

फिफा पुस्कास अवार्ड

१) लियोनल मेस्सी (बार्सिलोना-अर्जेन्टिना)

२) जुआन फेर्नान्डो क्वेटेरो (रिभर प्लेटर-कोलम्बिया)

३) डेनियल जसोरी (डेब्रेसेनी-रोमानिया)

उत्कृष्ट पुरुष गोलरक्षक

१) एलिसन बेकर (लिभरपुलर-ब्राजिल)

२) एन्डरसन (म्यानचेस्टर सिटी-ब्राजिल)

३) मार्क टेर स्टेगेन (बार्सिलोना-जर्मनी)

उत्कृष्ट महिला गोलरक्षक

१) हेडभिग लिडहल (स्वीडेन)

२) क्रिस्टियन एन्डलर (चिली)

३) सारी भान भीनेनडाल (नेदरल्यान्ड्स)

उत्कृष्ट महिला प्रशिक्षक

१) जील एल्लिस (अमेरिका)

२) फिल नेभील (ङ्ल्यान्ड)

३) सरिना वियगमन (नेदरल्यान्ड्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?