काठमाडौं । अमेरिकाको मिशिगनस्थित उत्तरी समुन्द्रमा करिब १४० वर्ष अघि हराएको जहाज भेटिएको छ । सन् १८७८ मा बेपत्ता भएको पुरानो जहाज गोताखोरले भेट्टाएका हुन् ।
विगत १० वर्षदेखि उक्त जहाजको खोजी कार्य हुँदै आएको गोताखोर तथा समुन्द्र इतिहासकार बर्नी हेलस्ट्रोमले जानकारी दिनुभयो । हेलस्ट्रोमका अनुसार उक्त जहाज समुन्द्र सतहभन्दा २०० फिट मूनी भेटिएको हो । जहाजको केही भाग मात्रै फेला परेको उहाँले बताउनुभयो ।
पेशेटिगो र सेन्ट एन्ड्रयूज नाम गरेको जहाजमा बेपत्ता भएको समयमा दुई–दुई जना क्रुका कर्मचारी थिए । इतिहासकार हेलस्ट्रोमका अनुसार जहाज खोज्नको लागि उनीहरुलाई थुप्रै गोताखोरको आवश्यता परेको थियो ।
पेशेटिगो जहाज १६१ फिट लामो थियो भने सेन्ट एन्ड्रयूज १४३ फिट लामो थियो । यी दुवै जहाज कोइला ढुवानी गर्न प्रयोग गरिदै आएको थियो । कुनै ठूलो चट्टानमा ठोकिएको कारण जहाज डुबेको बताइएको थियो ।
यो जहाज भेटिनुलाई अमेरिकाका समुन्द्र इतिहासकारहरुले ठूलो उपलब्धि भएको बताएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया