१० % बढाएर खुलाइयो अग्रिम टिकट, कहाँ जान कति ? (हेर्नुहोस् भाडादरसहित)

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तथा तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ खुला आइतबारबाट खुला भएको छ । दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा लगायतका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । अग्रिम टिकट खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भिड बढेको छ । विहानैदेखि लाइन बसेरै यात्रुहरु टिकट काटिरहेका छन् ।

गाडीवालाले निर्धारित भाडा भन्दा बढी लिने गुनासो यात्रुबाट आउने गरेका कारण यातायात व्यवस्था विभागले पहिले नै भाडा दर तोकिसकेको छ ।

यस्तो छ भाडादर (सुचिसहित):

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/09/Bhadadar-2075-06-07.pdf” title=”Bhadadar 2075-06-07″]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?