१ घण्टा गफपछि यौन प्रस्ताव : नमान्दा निर्मम हत्या, १५ वर्षीय अभियुक्तको यस्तो खुलासा !

काठमाडौं । सिन्धुलीमा यौन प्रस्ताव अस्वीकार गर्दा एक बालिकाको हत्या भएको छ । मरिण गाउँपालिका वडा नम्बर १ आहालेकी १३ वर्षीया छलीमाया मोक्तानलाई १५ वर्षीय किशोरले यौन प्रस्ताव नमान्दा घाँटी अँठ्याएर हत्या गरेका हुन् ।

किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनले बालिकासँग एक घण्टा गफ गरेको र यौन प्रस्ताव नमान्दा हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

किशोर काठमाडौंको होटलमा मजदुरको रुपमा कार्यरत थिए । उनले यसअघि पनि बालिकासँग यौन सम्बन्ध राखेको बयानको क्रममा खुलेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?