एनआरएनको कोषाध्यक्षमा श्रेष्ठको उम्मेद्वारी, यस्ता छन् १० प्रतिवद्दताहरु

काठमाडौं । बेलायतको लण्डनबाट शुरुवात भएर करिव १५ वर्ष अघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौं महाधिबेशन तथा विश्व सम्मेलन हुन लागेको छ । उक्त सम्मेलन तथा महाधिवेशनबाट कस्तो नेतृत्व छनोट हुने भन्नेमा अड्कलबाजी हुन थालेको छ ।

यसैक्रममा गैरआवासीय नेपाली सघं एनआरएनको कोषाअध्यक्ष पदमा महेश कुमार श्रेष्ठले उम्मेद्धारी दिनुभएको छ । गैरआवासीय नेपाली संघमा आर्थिक मितव्ययिता, पारदर्शिता एवं आर्थिक स्थायित्वको मुख्य एजेण्डा सहित नवौँ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको पनि उहाँले प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।

विगत १३ वर्ष अघि देखि  गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि काम गरिसकेको एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको व्यक्त गर्दै उम्मेद्वारी  दिएको पनि बताउनुभयो ।

विगत लामो समय देखि आर्थिक क्षेत्रमा काम गरेको मेरो अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने कोषाध्यक्ष पद नै भएकोले यस गरिमामय पदका लागि आफु योग्य भएको पनि जनाउनु भएको छ । आगामी महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्व तथा कार्यसमितिको सहयोग र सुझावको आधारमा निम्नानुसारको कार्यहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धतापत्र समेत जारी गर्नुभएको छ ।

यस्ता छन् उहाँका १० प्रतिवद्दताहरू 

१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ०

२. गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।

३. संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्नेछु ।

४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गरिने छ ।

५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ ।

६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।

७. खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिनेछ । युवा, महिला तथा दोस्रो पुस्ता पछि का गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिनेछ ।

८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुप मा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिनेछ ।

१०.नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनु हुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइ रहनेछु ।

एनआरएनका बारेमा पढ्नुहोस यी सामाग्रीहरुः

सर्‍यो एनआरएन विश्व सम्मेलनको मिति, अक्टोबर १५ देखि १७ सम्म तय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?