जनकपुर-जयनगर रेल चार महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । जयनगरबाट जनकपुरसम्म क्रस बोर्डर रेल चार महिनाभित्र सञ्चालन हुने भएको छ । क्रस बोर्डर रेल नेपाल भित्र्याउनको लागि नेपाल सरकारले ८५ करोड रुपैयाँमा रेलको डिब्बा र इन्जिन खरिदका लागि बजेट विनियोजन गरेको रेल विभागका इन्जिनियर किरण कार्कीले बताउनुभयो । जयनगरबाट जनकपुरको कुर्ता स्टेशनसम्म रेल चल्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको राजधानी शहर काठमाडौं र भारतीय सिमावर्ती शहर रक्सौल जोड्ने रेलमार्ग भारतीय आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो ।

नेपालमा क्रस बोर्डर रेल सञ्चालन गर्ने भनेर सन् २०१२ देखि प्रक्रिया शुरु हुँदै आएको थियो । उक्त रेल सञ्चालन गर्नको लागि २०० जना कर्मचारी चाहिनेछ । तत्कालको लागि रेल जडान गर्न र बिग्रिएको खण्डमा बनाउनको लागि भारतबाट मेकानिक्स मगाउने भएको छ ।

क्रस बोर्डर रेल ल्याउनको लागि ८ किलोमिटर ट्रयाक बिछ्याएको छ । साथै बजेटमार्फत सरकारले ८५ करोड रुपैयाँ रेलको डिब्बा र इन्जिन खरिदका लागि छुट्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?