जेष्ठ नागरिकले श्री एयरलाइन्समा ५ सयमै उड्न पाउने !

काठमाडौं । श्री एयरलाइन्सले जेष्ठ नागरिकका लागि हवाइ भाडामा छुट योजना ल्याएको छ । कम्पनीले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँमै यात्रा गराउने भएको छ ।

यसैगरी ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

श्री एयरलाइन्सले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भन्दै तयारी थालको बेला एयरलाइन्सले यस्तो अफर ल्याएको छ ।

केही दिन अगाडि मात्रै नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा ७० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको थियो ।

यो छुट एउटा उडानमा दुई जना यात्रुले पाउनेछन् । असोज १२ गतेबाट छुट योजना लागू हुने एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?