काठमाडौं । कतिपय मान्छेको निद्रामा घुर्ने समस्या हुन्छ । जुन समस्याले गर्दा संगै सुतेको मानिसलाई समेत प्रभाव पार्दछ । मानिसहरुमा विविध कारणले गर्दा घुर्ने समस्या उत्पन्न हुन्छ । अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा आवाज निस्कने गर्छ। त्यसलाई स्लिप एप्निया अथवा घुर्ने समस्या भन्ने गरिन्छ। घुर्ने समस्या दुई प्रकारका हुन्छन् १. विभिन्न किसिमका इन्फेक्सन,चोटपटक, तथा ट्युमरले गर्दा श्वासप्रश्वासमा अवरोध आई घुर्ने समस्या आउने गर्दछ। २. दिमाग र श्वासप्रश्वासका मांसपेशीसँगको नियन्त्रण छुट्यो भने घुर्ने समस्या उत्पन्न हुन्छ। कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ। त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्ने हुन्छ। विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्स बढ्नाले घुर्ने समस्या हुन्छ। युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ। एजियो फाइब्रोमा भन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ। यो विषेशगरी समस्या केटामा बढी हुन्छ। नाकको डाँडी बांगो हुनेहरुमा पनि समस्या हुन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म हुने गर्दछ। र्यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमरआउने गर्दछन्, त्यो कारणले पनि घुर्ने समस्या हुन्छ। कतिमय मानिसहरुमा तनाव, छटपटी र नराम्रो सपनाबाट ग्रसित भएर पनि घुर्ने समस्या उत्पन्न हुन्छ । यसबाट बच्न के गर्ने, के नगर्ने ? यस्ता छन् उपायहरु : १. मनलाई शान्त राख्नुहोस् : घुर्ने समस्या भएका व्यक्तिहरुले रातको समयमा सुत्ने बेलामा मनलाई शान्त र दिमाखबाट बाहिरी कुराहरुलाई हटाउनु आवश्यक छ । सुत्ने बेलामा आफूलाई तनाव मुक्त गराउनु पहिलो शर्त हो ।
२. भरपूर पानी पिउनूस् : शरीरमा पानीको कमी हुँदा पनि घुर्ने समस्या हुन्छ । जब शरीरमा पानीको कमी हुन्छ तब नाकको बाटोमा सुख्खा हुन्छ । यसले गर्दा हावाको गतिलाई श्वास संयन्त्रमा पुग्न समस्या हुने र श्वास लिन पनि कठिन हुने भएकाले घुर्ने समस्या देखिन्छ । यस कारण स्वस्थ रहन र घुर्ने समस्या अन्त्यका लागि दिनभर भरपूर पानी पिउनूस् ।
३. शरीरको तौल कम राख्नुस् : अधिकांस मोटो व्यक्तिहरु घुर्ने समस्याबाट पीडित हुन्छन् । गलाको आसपास बासो युक्त कोशिका जम्मा हुने भएकाले घुर्ने समस्याले सताउने गर्छ । यस कारण घुर्ने समस्या अन्त्य गर्न चाहानु हुन्छ भने आफ्नो शरीरको तौल कम बनाउनुस् ।
४. धुमपानबाट बच्नुहोस् : धुमपान गर्दा घुर्ने समस्या अधिक हुन्छ । धुमपानले वायुमार्गको झिल्लीमा असर पुर्याउने गर्छ । यसले नाक र गलामा हावा जानबाट रोक्छ । यस कारण घुर्ने समस्याबाट मुक्त हुन चाहानु हुन्छ भने धुमपान त्याग्नुस् ।
५. निन्द्रा लाग्ने औषधि सेवन नगर्नुस् : निन्द्रा लाग्ने औषधिले मांसपेशीमा नकारात्मक असर पार्छ । सुत्नका लागि मादक पदार्थ, निन्द्रा लाग्ने औषधि या अन्य कुनै औषधिको प्रयोग नगर्नुस् । किन की यसले घुर्ने समस्या निम्त्याउँछ ।
६. सुत्ने समय : घुर्ने समस्या हटाउनका लागि नियमित रुपमा एकै समयमा सुत्नु आवश्यक छ । सुत्ने समयमा आफ्नो शरीरलाई पूर्ण आराम दिनुस् । तथा सो समयमा ध्यान दिनूस् की कुनै पनि अंगमा जोड नपरोस् ।
७. व्यायाम गर्ने : जसरी शरीरको व्यायाम गर्दा सारा मांसपेशी बलियो हुन्छ । त्यस्तै घुर्ने समस्या अन्त्यका लागि पनि गलाको मांसपेशीको व्यायाम आवश्यक छ ।
८. कम मात्रमा नुनको सेवन : धेरै नुनको सेवनले शरीरमा यस्तो तरल पदार्थको निर्माण गर्छ की जसले नाकको प्वालमा बाधा उत्पन्न गर्छ । यस कारण घुर्ने समस्या निम्तिन्छ। नुनको सेवन कम गरेर गला भित्र सुनिने समस्यालाई न्युन गर्न सहयोग पुग्छ । र यसले घुर्ने समस्या पनि अन्त्य हुन्छ ।
९. थोरै अग्लो सिरानीको प्रयोग गर्नुस् : यदी तपाईं घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुत्ने बेलामा सिरानी थोरै अग्लो पारेर सुत्नु आवश्यक छ । यसो गर्दा घुर्ने समस्याबाट बच्न सकिन्छ ।
१०. खानाको मात्रा कम गर्नुस् : रातको समयमा सुत्नु अघि ज्यादा खाना खाँदा घुर्ने समस्या हुन्छ । यसर्थ सुत्नु अघि हल्का र कम खाना खानु आवश्यक छ । यसले अनिन्द्राको समस्याको पनि अन्त्य गर्छ ।
सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने। मोटोपन घटाउने,शारीरिक कसरत गर्ने, धूमपान,मदिरा सेवन नगर्ने र घोप्टो परेर सुत्ने।
यद्यपि, मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ। मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ। के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गरेर पनि घुर्ने समस्यालाई दुर बनाउन सकिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया