पूर्व राजा ज्ञानेन्द्र चारदिने लखनउ भ्रमणमा

काठमाडौं, २३ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह आजबाट भारतको लखनउ भ्रमणका निस्केका छन् पूर्व राजा सपरिवार सहित आज विहान बाँकेको जमुनाह नाका हुँदै लखनउ प्रस्थान गरेका हुन् उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही घुमफिरका लागि लखनऊ गएको उनको नीजि सचिवालयले जानकारी दिएको छ निजी भ्रमण भनिए पनि पूर्व राजाको भ्रमणका क्रममा राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको छ उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटघाट गर्ने अनुमान गरिएको छ । पूर्वराजा २७ गते मात्रै नेपालगञ्ज फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?