साउनपछि निजी संस्थालाइ कर्मचारी संचय कोषले आवद्ध नगर्ने

काठमाडौं । आगामी साउनपछि कर्मचारी सञ्चय कोषले कुनै पनि निजी तथा संगठित संस्थालाई कोषमा आवद्ध नगराउने जनाएको छ । यो भन्दा पहिला निजी स्तरका संस्थालाई कोषमा आवद्ध हुन स्वेच्छिक छाडिएको थियो। तर हाल कार्यान्वयनमा रहेको सामाजिक सुरक्षा कोषमा सम्पूर्ण निजी स्तरका संस्थाहरुलाई अनिवार्य गरिएकोले कोषले रोकेको हो ।

सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएपछि नयाँ आउने निजी स्तरका संगठनलाई समावेश नगर्ने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो। साथै उहाँले भन्नुभयो, ‘अहिले भएका संस्थाहरुलाई व्यवस्थापन गर्छौ तर नयाँ कुनै पनि संस्थालाई लिदैनौ।‘

सामाजिक सुरक्षा कोष नआउदा निजीलाई वैकल्पिक संस्थाको रुपमा छनोट गर्ने वातावरण कोषले बनाएको थियो।उनले कोष सरकारी कर्मचारी र सरकारी संस्थानका कर्मचारीको निवृत्तभरणमा केन्द्रित हुने गौतमले प्रस्ट पार्नुभयो । साथै सरकारको नीति कोषलाई विशिष्टीकृत गर्दै लैजाने भएकोले हामी यसैमा केन्द्रित हुने धारणा पनि व्यक्त गर्नुभयो ।

कोषले साउनदेखि नियुक्त हुने स्थायी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, र नेपाल विशेष सेवा गर्ने कर्मचारीहरुका लागि योगदानमूलक निवृत्तभरण योजना लागु गरेको छ । यही आधारमा कोषमा अहिलेसम्म ३० हजार भन्दा धेरै संस्थाका ६ लाख कर्मचारीको सञ्चयकोष व्यवस्थापन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?